गर्भपतन गराउने औषधि खाँदा धनगढीमा एक महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

धनगढी । गर्भपतन गराउने औषधि खाँदा कैलालीमा एक महिलाको मृत्य भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढीको अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको बिहीबार मृत्यु भएको जनाएका हुन ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको बताएका छन् ।
औषधि खादाँ रक्तश्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।
मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्