April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

धनगढी। सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार यस अघि रहेका चार समितिलाई अव ६ वटा समिति बनाउने तयारी भइरहेको हो ।

सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा संसदीय समितिको संख्या बढ्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका अनुसार समितिको संख्या बढाउनु अघि कार्यदल बनाइने तयारी भइरहेको हो । समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाउने विषयमा छलफल भइरहेको सभामुख भण्डारीले जानकारी दिएका हुन । उनले यस विषयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग पनि छलफल गरेको बताएका छन् ।

सभामुख भण्डारीले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूसँग पनि छलफल गरी कार्यदल बनाएर सबै विषय टुङ्गो लगाउने बताएका छन् ।