April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पायो, नव नियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले बुधवार पूर्णता पाएको छ। बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा भव्य समारोहका बिच नवनियूक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिए संगै सरकाले पूर्णता पाएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको हो । नवनियूक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाएका थिए भने भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री घनश्याम चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ खुवाएका छन् ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन्।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते पहिलो पटक मन्त्रीमण्डल गठन गरेका थिए । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियूक्त गर्दै मन्त्रीमण्डल गठन गरेका थिए ।

मुख्यमन्त्री नियूक्त भएपछि झण्डै चार महिना प्रदेशका चार वटा मन्त्रालयको जिम्मेवारी स्वयमले सम्हालेका थिए । २०८० जेठ ६ गते मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रीमण्डल पुर्नगठन गरे । तर, नागरिक उन्मुक्ति पार्टीको साथ नपाउँदा सो समयमा उनले मन्त्रीमण्डललाई पूर्णता दिन सकेनन् । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी स्वयम सम्हाल्दै अन्य मन्त्रालयमा मन्त्री नियूक्त गरे । 

दोस्रो पटक मन्त्री नियूक्त गर्दा नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा समावेश गरेको थियो । उनको नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, झपटबहादुर साउँदलाई सामाजिक विकास मन्त्री र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन तथा गिता देवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियूक्त गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह डडेल्धुरादेखि बझाङ जाने क्रममा सवारी दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालय रिक्त रहेको थियो । मुख्यमन्त्री शाहले बजेट पारित भएलगत्तै मन्त्रीमण्डललाई पूर्णता दिन छलफल भेटघाट तिव्र बनाएपनि उन्मुक्तिको असहयोगका कारण पटक–पटक असफल बने ।

उन्मुक्ति पार्टी सहमतिमा आएपछि मुख्यमन्त्री शाहले आजमात्र दुई मन्त्री र एक राज्यमन्त्री नियूक्त गरे । उन्मुक्तिका प्रदेश सभा सदस्य चौधरीलाई भुमि व्यवस्था तथा सहकारी मन्त्री र घनश्यामलाई राज्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य भट्टलाई नियूक्त गर्दै मन्त्रीमण्डलले पूर्णता पाएका छ ।

यो संगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । उनी मुख्यमन्त्री भएदेखि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्रीबिहिन थियो ।