सेती नदीमा डुबेर ५ वर्षीय बालक बेपत्ता, एकको उद्धार

डोटी । सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ ।
मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक जोशी बताएका छन् ।





लेखकको सम्वन्धमा