सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागि नहुने भएको छ । नागरिक उन्मुक्ति पार्टीकि केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफुहरु सरकारमा सहभागि नहुने जानकारी गराएकी हुन् ।
भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ –‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ ।’
नागरिक उन्मुक्ति पार्टी मंगलबार प्रदेश सरकारमा सहभागि हुने तयारी गरेको थियो । सोही अनुसार दलको कार्यालयले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो ।
मन्त्री सिफारिस पछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसंग अनुरोध गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा काँग्रेसको नेतृत्वमा सुदूर पश्चिम प्रदेश सरकार गठन भएको थियो । यसअघि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलको नेतृत्वको सरकार नागरिक उन्मुक्ति पार्टी बिपक्षमा उभिएका कारण ढलेको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् ।






प्रतिकृया दिनुहोस्