धनगढी उपमहानगरपालिले झण्डै दुई अर्व बजेट पेस गर्यो

धनगढी । धनगढी उपमहानगरपालिले झण्डै दुई अर्व हाराहारीमा बजेट पेस गरेको छ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि झण्डै दुई अर्व हाराहारीको बजेट पेश गरेको हो ।
उपमहानगरपालिकाले दशौं नगर सभामा एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमानित रकम पेश गरेको हो । उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्व १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजिगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरि एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमति रकम पेश गरेकी हुन् ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ ।
क्षेत्र गत कार्यक्तम अन्र्तगत आर्थिक बिकास तर्फ ९ करो ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक बिकास तर्फ ८५ करोड ३६ लाख ५ हजार २ सय २२,पुर्वाधार बिकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार १ सय ९४,सुसासत तथा अन्र्त सम्बन्धी तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ रकम बिनियोजन गरेको छ ।





प्रतिकृया दिनुहोस्