कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी सुर्खेतमा दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताएका छन्। गाडी भने क्षतिग्रस्त भएको छ । उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभाग हुन बुधवार सुर्खेत गएका थिए।
सुर्खेतबाट फर्किदा प्रमुख जिल्ला अधिकारी कटेल सवार गाडी दुर्घटनामा परेको हो। सुर्खेतसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको थियो।
प्रमुख जिल्ला अधिकारी कटेल अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए । उनी सवार गाडी सुर्खेत मै छ। उनका चालकले गाडी मर्मतको काम गर्दै छन्।





प्रतिकृया दिनुहोस्