करिब १६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद
- Eraibar
- २०८० जेष्ठ २७, शनिबार १९:१४
- 58 Shares

धनगढी । प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका-७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपबाट अवैध माछा बरामद गरिएको जानकारी दिएका हुन ।
प्रहरी निरीक्षक साउँदकाअनुसार चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको छ ।
बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको साउँदले बताए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्