धनगढी उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

धनगढी । धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौंबाट बिहान ८:१० बजे धनगढीका लागि उडेको जहाजमा केही समस्या आएपछि काठमाडौं फर्किएको हो।
प्रवक्ता सिटौलाका अनुसार मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फेलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो । उक्त जहाज काठमाडौंमा सुरक्षित रूपमा अवतरण भइसकेको छ ।
जहाजले टेक अफ लिएर ‘क्लाइम्ब’ गर्ने बेलामा बाहिरको एयर प्रेसर र क्याबिनको एयर प्रेसर सन्तुलन गर्ने सिस्टममा समस्या आएपछि फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए ।
यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले जानकारी दिएका छन्।





प्रतिकृया दिनुहोस्