April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

धनगढी। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालीका वडा नम्बर १ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहारी कार्यालय बैलालीका अनुसार ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले आईतबार साँझ टीकापुर नगरपालिका १ सतघरुवाका २८ बर्षिय प्रकाश चौधरीको घरबाट स्वयम चौधरी, टीकापुर १ ज्योतीनगरका २७ बर्षिय कृष्ण बराल, भजनी नगरपालिका ८ कृष्णनगरका बर्ष २३ बर्षिय रतन जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्दा उनीहरु बसिरहेको खटियाको सिरानी मुनी प्लास्टिकको पोकामा राखिएको १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरी टोलीले अछाम विनायक पञ्चदेवल नगरपालिका ७ पुल्यतोला घरभई टीकापुर १ ज्योतीनगरका १८ बर्षिय धिरेन्द्र बटालालाई पक्राउ गरेको छ । उनको साथबाट २९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरिएको हो ।

बटालालाई टीकापुर नगरपालिका १ स्थीत विरेन्द्र विद्या मन्दिर उच्च माध्यामिक विद्यालयको खेल मैदान नजिक सडकखण्डमा शंकाष्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ४ जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।