April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुआहारा कार्यक्रमद्धारा महिला कृषकलाई जलबायुमैत्री कृषि प्रबिधि सामाग्री सहयोग

डोटी । डोटीमा ३६ जना महिला कृषकलाई जलबायुमैत्री कृषि प्रबिधि सामाग्री सहयोग गरिएको छ । बतावरण तथा मानव संशाधन बिकास समाज नेपाल (सोर्स नेपाल) डोटीले ३ वटा पालिकाका पछाडि पारिएका तथा जोखिममा रहेका महिला कृषकलाई लक्षितगरी ३६ जना कृषकलाई जलबायुमैत्री कृषि प्रबिधि सामाग्री सहयोग गरेको हो ।

युएसएआईडीको आर्थिक सहयोगमा हेलेन केलर इन्टरनेस्नल र सोर्स नेपाल डोटीको संयुक्त संझेदारिमा सन्चालित सुआहारा दोश्रो चरण कार्यक्रम अन्तरगत डोटी जिल्लाको पुर्बिचौकी गाउपालिका वार्ड नम्बर ४ को पिपल चौतारी कृषक समुहका १२ जना, के.आई.सिंह गाउपालिका वार्ड नम्बर ३ को ग्वासी कृषक समूह का १२ जना र आदर्श गाउपालिका वार्ड नम्बर ५ को भगवती कृषक समूहका १२ जनागरी जम्मा ३६ जना महिला कृषकलाई जलबायुमैत्री कृषि सामग्री वितरण गरेको हो ।

सोर्स नेपाल डोटीले दिएको जानकारी अनुसार कृषकहरु लाई पोलिहाउस निर्माणका लागि सिल्पपोलिन पलास्टिक, थोपा सिचाई सेट, मल्चिंग पलास्टिक, पलास्टिक र कोको पिट जस्ता सामाग्रीहरु वितरण गरिएको हो ।

कृषि प्रबिधि सामाग्री वितरण संगै कृषकहरुलाई प्राविधिक क्षमता विकासका लागि १ दिने अभिमुखीकरण र डेमो सहित प्रदर्शन गरीएको थियो । कार्यक्रमको सहजिकरण पालिकाका कृषि शाखा प्रमुख, वडा अध्यक्ष, जनाप्रतितिनिधिहरु, सुआहरा कार्यक्रमका कृषि विशेषज्ञ, बरिष्ट कार्यक्रम विशेषज्ञ, सोर्स नेपाल डोटीका कर्मचारीहरुले गरेका थिए ।

कार्यक्रम पुर्बिचौकी गाउपालिका, के.आई.सिंह गाउपालिका र आदर्श गाउपालिका तथा बहुक्षेत्रीय पोषण कार्यक्रम संगको समन्वयमा गरिएको थियो।

यस कार्यक्रमले महिला कृषकहरुले आफनो करेसाबारीमा केहि उन्नत किसिमको तरकारीहरु उत्पादनगरी उपभोग तथा बिक्रि वितरण गर्ने र स्वास्थ तथा पोषणको दृष्टिकोणले पनि अति उपयोगी हुने विश्वास गरिएको छ।

साथैे बदलिदो जलबायु सुहाउँदो कृषि प्रविधिलाई प्रबद्र्धन गर्दै खाद्य सुरक्षा सुनिश्चितता गर्ने र महिला तथा बालबालिकाहरुको पोषण स्थिति सुधार गर्ने उद्येश्य यस कार्यक्रमले लिइएको थियो ।

पालिकाले आगामि दिनमा कार्यक्रमको फलोअप अनुगमन नियमित रुपमा गर्ने र अन्य वडाहरुमा बिस्तार गर्दै लैजाने के.आई.सिंह गाउँपालिकाका कृषि शाखाकी कलावती जोशीले बताइन् ।

आदर्श गाउपालिका मा कृषि सामग्री वितरण
पुर्बिचौकी गाउपलिका मा सामाग्री वितरण
के.आई.सिंह गापा मा कृषि सामग्री वितरण पश्चाप डेमो
के आई सिंह गा पा मा कृषि सामग्री वितरण गर्दै