गाडी दुर्घटना हुँदा धनगढीमा एकको मृत्यु, पाँच जना घाइते

धनगढी । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै गाडी दुर्घटना हुँदा भोजराज भट्टको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको बताए ।
भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र गाडीमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते भएका छन् ।
घाइतेहरूको माया मेट्रो अस्पतालमा पचार भईरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्