April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्मचारीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापन पत्र

धनगढी । सुदुरपश्चिम प्रदेशका कर्मचारीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई २१ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

सुदूरपश्चिम प्रदेशस्थित कर्मचारीहरुका विभिन्न सघंसगठनहरुले सयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद शर्मा दुवाडीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्ञापन पत्र बुझाएका हुन ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्म देउवाले सघिय निजामती ऎन मस्यौदा सार्बजनिक गर्ने लगायतका २१ बुदे सुझाव सहित प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको बताएका हुन ।

नेपाल सरकारले सरोकारवाला पक्षसँग छलफलनै नगरी संघीय निजामती सेवा ऐनको विधेयक अर्थ मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको जानकारीमा आएकाले यो विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनहरुले ज्ञापन पत्र बुझाएको समेत उनले बताए ।

संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न संयुक्त ट्रेड युनियनको तर्फबाट नेपाल सरकारसंघ कर्मचारीहरूले माग गर्दै आएका छ्न् ।

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको विज्ञप्ती यस्तो छ ।