April 18, 2026, Saturday
२०८३ बैशाख ५

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा खड्का निर्वाचित

दिपायल । होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लोक बहादुर खड्का निर्वाचित भएका छन् । होटल व्यवसायी संघ डोटीको १५ औं साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत निर्वाचित भएका हुन् ।

होटल व्यवसायी संघ डोटीका अनुसार खड्काको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । संगको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिश कुँवर निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् । सदस्यहरुमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।

नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष राजेन्द्र शाहीले आजै पद हस्तान्तरण गरेका छन् ।