पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरेर निकालियो

धनगढी । सेती प्रादेशिक अस्पतालमा एक जना पुरूषको पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको छ। पेट दुख्यो भन्दै अस्पतालमा जाँचका लागि पुगेका धनगढी उपमहानगरपालिका- १४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटभित्रको रक्सीको बोतल अस्पतालले शल्यक्रिया मार्फत निकालेको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जवानसिंह रोक्का मगरको पेटभित्रको बोतल सकुशल निकालिएको जानकारी दिएका हुन।बिहीबार दिउँसो मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भन्ने समस्या लिएर उनी आएका थिए।
सूचना अधिकारी उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखिएको थियो।
मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन भयो। मेडिकलमा सामान्य उपचार गरे पनि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी कुलदिप चन्दका अनुसार घटनाबारे सोधपुछ गर्दा मगरले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।





प्रतिकृया दिनुहोस्