April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानल निर्विरोध निवार्चित

डोटी । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको एक क्याम्पसमा नेविसघं निर्विरोध भएको छ । डोटीको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघले पहिलो खाता खोलेको हो। जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको निर्वाचन समितीले जनाएको छ।

क्याम्पस प्रमुख चेतराज भट्टका अनुसार अन्य कुनै पनि संगठनको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्वाचन समितीले बिजयी घोषणा गरेको हो।

क्याम्पस प्रमुख चेतराज भट्टका अनुसार सभापतीमा उमेश बलायर, सचिबमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद निर्विरोध निवार्चित भएका छन। क्याम्पसमा ५८ मतदाता रहेका थिए।

सीताराम बहुमुखी क्याम्पसमा तीन बिधार्थी संगठन दर्ता भएपनी सभापतीमा नेबिसंघ र अनेरास्वबियुले उम्मेदवारी दिएका थिए। तर दाबी बिरोधमा अनेरास्वबियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवारी निर्बिरोध बिजयी भएको क्याम्पस प्रमुख भट्टले बताए।