चट्याङ परेर धनगढीको एक घरमा क्षति

धनगढी। चट्याङले धनगढीमा रहेको एक घरमा क्षती पुगाएको छ। मंगलबार धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो।
प्रहरीका अनुसार तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको बताइएको छ।
घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको कुन्नु नारायण चौधरीले बताएका छन्।
यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा०१.०२६च ५१०८ नं को कारमा र एउटा से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको उनले जानकारी दिए ।
चट्याङले मानविय क्षती भने नभएको बताइएको छ। ‘एक्कासी ठुलो आवाज आयो, बरण्डामा भएको मिटर झ्याम्मै गयो, आगोको झिल्को आयो, बाहिर आएर हेर्दा त धेरै क्षति भएको रहेछ।’ चौधरीले भने ।





प्रतिकृया दिनुहोस्