डोटी जीप दुर्घटना : हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्याइएकी घाइते विष्टको मृत्यु

डोटी । डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीले मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकी ६५ वर्षिया धौली विष्टको मृत्यु भएको जानकारी दिएका हुन ।
दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनाका गम्भीर घाइते विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगञ्ज पुर्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी विष्टको उपचारको क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटना हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्। घाइते ९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गादेवी विष्ट लगायत तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।





प्रतिकृया दिनुहोस्