June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा फागुन ३० गते (भोली) सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।