कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ
- Eraibar
- २०७९ माघ १०, मंगलवार १३:४९
- 79 Shares

कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । लाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीद्वारा लागूऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय राना पक्राउ परेको बताएका छन् ।
रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सु.प.प्र. ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
प्रहरी निरीक्षक मल्लकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्