April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा गोली चल्यो : अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

धनगढी । कैलालीमा अज्ञात समूहले चलाएको गोली लागेर एकजना सुन व्यवसायी घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर गोदावरीका विकास गौतम घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएको जानकार गोली लागेर गोदावरीमा रहेको न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय गौतम घाइते भएकोका छन् ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीका अनुसार आइतबार साँझ साढे ६ बजे पूर्वरोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै अज्ञात समूहले मोटरसाइकलमा आएकाले गोली चलाउँदा गौतम घाइते भएका हुन । गौतमको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

अर्का मोटरसाइकल पछाडि बसेका विकास सुनार सामान्य घाइते भएका छन् । गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।