घाँटी रेटेर एक किशोरीको बैतडीमा हत्या, एक जना घाइते
- Eraibar
- २०७९ मंसिर १४, बुधबार २१:५९
- 20 Shares

बैतडी । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जानकारी दिएका छन् ।
प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मङ्गलवार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधवार मायाको शव फेला परेको र नेहा घाइते अवस्थामा फेला परेकी थिइन्।
नेहाको पनि घाँटीमा रेटिएको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको प्रहरीले जनाएको छ ।अहिले घटनाको अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्