June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ

कञ्चनपुर : लागुऔषधसहित कञ्चनपुरमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले बेलौरी नगरपालिका वडा नम्बर–०६ महाकाली स्कुल अगाडीबाट तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१००१ ज १२८२ नम्बरको जीपमा सवार चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर–६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द, सोही ठाउँका ३३ वर्षीय रमेशसिंह भण्डारी र ४० वर्षीय प्रकाश भण्डारीलाई पक्राउ गरिएको बताएको छ।  

उनीहरुको साथबाट ५४.७ ग्राम खैरोहेरोइन फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।