घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकाका अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा

धनगढी : घुस लिएको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आइतबार अधिकृत बुढाक्षेत्रीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ।
साउन १ गते सेवाग्राहीबाट ३० हजार रुपियाँ घुस लिएको अवस्थामा बुढाक्षेत्रीलाई नियन्त्रणमा लिइएको थियो। आयोगले छैटौं अधिकृत बुढाक्षेत्रीले सेवाग्राहीसँग सामानको बिल भुक्तानी गर्नका निम्ति १४ हजार रुपियाँ बैंक खातामा समेत ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
बुढाक्षेत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको माग दाबीसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भण्डारीले बताए।





प्रतिकृया दिनुहोस्