कैलालीमा कर्मचारीलाई हतियारसहित धम्क्याउने तीनजना पक्राउ

धनगढी : कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई पुरानो भुक्तानीको माग गर्दै बुधबार घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले दिएको जानकारी अनुसार घोडाघोडी नगरपालिकाको वडा नम्बर २ बस्ने साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाईर्ला प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरी भुक्तानीका लागि कर्मचारी धम्कयाएका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो । उनीहरु साडेपानीमा रहेको रिफ्रेस रेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको कैलालीका प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।
पुरानो योजनाको भुक्तानी नदिएकाले तीनजना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीको भागाभाग भएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्