April 18, 2026, Saturday
२०८३ बैशाख ५

एचआइभी र टीबीविरूद्ध बझाङमा एमपिडिएसको सक्रियता, सरोकारवालाहरूसँग बैठक

बझाङ । बझाङ जिल्लामा सञ्चालित एचआइभी–टीबी रोकथाम कार्यक्रमले जिल्ला स्तरीय साझेदारसँग समन्वयात्मक बैठक गरेको छ । सोमबार जिल्ला सदरमूकाम चैनपुरमा उक्त बैठक सञ्चालन भएको हो ।
जिल्ला समन्यय समिती प्रमुख नरबहादुर बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट , स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशी लगायतका सरोकारवालाहरूको उपस्थिती थियो ।
यस्तै जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनवेश कोइराला, स्वास्थ्य कार्यालयका एचआइभी र टीबी फोकल पर्शन नारायण जोशी र जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरू उपस्थित थिए ।
सोही बैठकमा बहुद्देश्यीय विकास समाज (एमपिडिएस)डडेल्धुराका कार्यक्रम अधिकृत भरत बमले कार्यक्रमको अर्धवार्षिक प्रगती पनि प्रस्तुत गरेका थिए । प्रगती विवरण प्रस्तुत गदै उनले सरोकारवालासँगको समन्वयलाई निरन्तरता दिन, कार्यक्रमको बारेमा जानकारी दिन र कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आगामी योजनाबारे सुझाव बैठक आयोजना गरिएको बताए ।
एमपिडिएस डडेल्धुरा र सेफ द चिल्ड्रनको साझेदारीमा यो कार्यक्रम बझाङका ७ पालिकाहरूमा सञ्चालित छ । जसमा जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र बित्थडचिर गाउँपालिका रहेका छन् ।
प्रवासी र उनीहरूका परिवार लक्षित गरेर यो कार्यक्रमले काम गरहेको कार्यक्रमको जिल्लाका ७ पालिकामा काम गरिरहेको छ ।
सन २०३० सम्म एचआइभीलाई नेपालबाट हटाउने सरकारको लक्ष्य छ । सरकारको सोही लक्ष्यअनुसार बझाङमा यो कार्यक्रम सञ्चालनमा छ ।