धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

धनगढी : धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका मेसिनसहित सामाग्री पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीका अनुसार अनुरागले उपचारका क्रममा नक्कली १००० को नोट अस्पताललाई दिएपछि अस्पतालले शंका लागेर प्रहरीलाई खबर गरे थियो ।
वडा प्रहरी कार्यालय धनगढीको टोलीले अनुरागलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त नक्कली नोट मामा नातापर्ने रामदासले छाप्ने गरेको बताएपछि प्रहरीले बि युनिक फोटो स्टुडियोबाट मेसिनसहित रामदासलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
प्रहरीले उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।






प्रतिकृया दिनुहोस्