धनगढीमा प्रहरीको छापा : होटल व्यवसायी सहित पाँच युवती पक्राउ

धनगढी : प्रहरीले धनगढीका दुई होटलमा छापा मारेको छ । होटलमा यौन धन्दा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेको हो।
प्रहरीले यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको फुडल्याण्ड होटेल र लक्ष्मी होटलमा शनिवार छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीका अनुसार होटेलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने फुडल्याण्ड होटल र लक्ष्मी होटल व्यवसायी सहित उक्त कार्यमा संलग्न पाँच जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस अघि बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर-१ एलएन चोकमा रहेको शाही होटल प्यालेस, वडा नम्बर-३ चौराहामा रहेका सनराईज होटल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटल र क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालक सहित नौँ जना युवतीलाई पक्राउ गरिएको थियो ।
‘अहिले धनगढीका होटलहरुमा यौन व्यवसायी मौलायको जनगुनासो बढेपछि मिसनकै रुपमा अघि बढाएका छौ’ प्रहरी उपरीक्षक जोशीले भने–‘यस्ता अनैतिक कृयाकलापमा संलग्न कडा कार्वाही हुन्छ ।’ पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले बताएका छन् ।





प्रतिकृया दिनुहोस्