June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

बाफलबाट एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं : एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारीलाई पक्राउ गरेका छन् । प्रहरीले काठमाडौंको बाफलबाट एक करोड ५० लाख नगदसहितहुन्डी कारोबारीलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिएका हुन् ।

हानगरीय प्रहरी कार्यालयका एआईजी पालहा अनुसार प्रहरी अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको पालले बताए ।