December 7, 2025, Sunday
२०८२ मंसिर २१

जसले जातिय भेदभावको अन्त लोकतन्त्रमा मात्र सम्भव देखे

दिपायल: वि. स. २०१६ चैत्र १४ का दिन हुन् कुमारसिँह टेलर जन्मिएका । उनलाई त्योदिन नै जन्मजात ‘अछुत’को उपमा भिराईदिएको थियो समाजले । कैयन अवस्थामा अझैँपनि लखेटिरहन्छ, उनलाई त्यो अप्राकृतिक मानव व्यवहार ।
कथित दलित आमाबाबुको सन्तान भएर जन्मिनु श्राप थिएन् ! तर, त्योबेलाको समाजले उनको अवचेतन हृदयमा यतिविघ्न हिंसा ग¥यो–त्यो कुनै श्रापभन्दा कम लाग्दैन उनलाई । स्मरण गर्छन, ‘त्यो अछुतको व्यवहार ! विभेद र हिंसाका अनेकौ–अनेक घटना–परिघटनाहरु कुनै श्रापग्रस्त जीवनभन्दा कम लाग्दैन् ।’
जुनदिनदेखी उनको चेतनाले काम गर्न थाल्यो त्योदिनबाट दलित भएर जन्मिएकै कारण विभेद र हिंसाको अनुभव नभएको कुनै दिन छैन् । ‘मैले हरदिन कसै न कसैैबाट त्यो महशुस गर्ने गरेको छु,’ उनि भन्छन्,‘फरक यत्ति हो । त्यो जमानामा धेरै थियो । अहिले घटेको छ ।’

न्मुक्तीको चेत

जसोजसो उमेर बढ्दै गयो । उनमा त्यो विभेद, हिंसा र उत्पिडन महशुस हुने क्रम बढ्दै गयो । बिस्तारै समुदायको जात व्यवस्था र व्यवहारबारे बुझ्दै गए । बुझ्दैै जाँदा त्यो किसिमको उत्पिडनबाट सिङ्गो समाज ग्रसित रहेको पाए । ‘त्यो किसिमको जातिय उत्पिडन मलाई मात्र थिएन् । मेरो परिवारलाई मात्र थिएन भन्ने बुझ्दै गए,’ उनि स्मरण गर्छन,‘त्यो त सिँङ्गो दलित समुदायमाथि नै थियो । त्यो बुझेपछि । यस्तो किन भयो ? कसरी भयो भनेर मनमा प्रश्न उब्जिरहन्थ्यो ।’
उसो त उनका बुवा लक्ष्मण टेलर परिवर्तनका पक्षमा संघर्ष गरेका व्यक्ती थिए । २००७ सालको क्रान्तीमा नेपाली कांग्रेसका सेती महाकाली क्षेत्रको कमाण्डर सम्हालेका गौरिलाल बोहराको कमाण्डमा उनका बुवा र ठुलोबुवा पनि सदस्य थिए । ‘उहाँहरुमा पनि प्रजातन्त्रका पक्षमा मात्र नभई जातिय उत्पिडनविरुद्धको चेतना थियो,’ कुमारसिँह सम्झन्छन्,‘उहाँहरुबाट मैले धेरै कुरा सिके । मानव–मानव सब एक हुन् । जातियता समाजले सिर्जना गरेको हो । यसबाट मुक्ती सम्भव छ । विद्रोह गर्नुपर्छ । भन्ने कुरा उहाँहरुबाटै सिके ।’ त्यसैबाट उनलाई जातिय भेदभावविरुद्ध उत्रिने प्रेरणा मिल्यो ।


भेदभाव र उत्पिडनविरुद्ध कुमार

सुदूरपश्चिमको दलित समुदाय अत्यन्त गरिब थियो÷छ । जतिबेला कुमार हुर्कदै गए त्यो समय सुदूरपश्चिममा दलितले सन्तान विद्यालय पठाउने कुरा कल्पनाभन्दा बाहिरको थियो । यस्तोमा उनमा पढ्ने उत्सुकता निकै थियो । राजनीतिक चेतना भएका उनका बुुवाले पनि उनलाई विद्यालय पठाए । विद्यालयमा पनि उनले भेदभावका अनेक अनुभव संगालेका छन् । जसक्रममा उनले भेदभावको विरोधमा उत्रन्थे ।
कुमारका बुवा लक्ष्मण लत्ताकपडा सिलाईको व्यवसाय गर्थे । यसक्रममा सिलगढीबाट व्यापारको सिलसिलामा बुवा कैलाली गए । उनीसंग कुमार पनि गए । जहाँ २०३३ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषदको स्थापना भयो । दलित समुदायको उत्थान, भेदभाव र उत्पिडनबाट उन्मुक्तीको अभियान सञ्चालनका लागि स्थापित त्यो संस्थाप्रति कुमारको आकर्षण हुने नै भयो । उनी संस्थापक सदस्य भई त्यसमा संलग्न भए ।


त्यसबाहेक उनि वेलामौकामा जातिय भेदभाव र उत्पिडनविरुद्धका अभियानहरुमा निरन्तर सहभागि हुँदै गए । २०४१ सालमा छुवाछूत र जातिय विभेद अन्त्यका लागि आफ्नै नेतृत्वमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटी स्थापना गरे ।
यस्तै २०५६ साल मा उत्पिडित दलित उत्थान संघको स्थापना गरी दलित समुदायलाई संगठित गरेर सामाजिक कार्यहरु सञ्चालन गर्दैै आएका छन् । चर्चित शैलेश्वरी आन्दोलनको समेत उनले अगुवाई गरेक थिए ।

भेदभाव अन्त्यका लागि राजनीतिमा

अध्ययनशील स्वभाव रहेका कुमारले सानैमा बुझेका थिए–सबै खाले परिवर्तन राजनीतिक परिवर्तनबाट मात्र सम्भव छ । राजनीति वा राज्यले चाहे सबैखाले विभेद, भेदभाव र उत्पिडन अन्त्य गर्न सकिन्छ । त्यसैले जातिय भेदभावको अन्त्यका लागि राजनीति गर्नुपर्छ भन्ने चेतना उनमा पनि थियो ।
तर, कुन विचारधारा पक्रने उनी सुरुवातमा द्विविधा थिए । राजाको पञ्चायती व्यवस्था–जहाँ मानव स्वतन्त्रता हरण गरिएको थियो । सीमित व्यक्तीका हातमा शासन व्यवस्था थियो । जसबाट त्यो सम्भव थिएन् ।
त्यसबेला दलित समुदायका बिचमा कम्युनिष्टहरु निकै आकर्षणका केन्द्र थिए । उनिहरु जातिय भेदभावविरुद्ध निकै प्रखर आवाजहरु बोल्थे । ‘उनिहरु सबैखाले भेदभाव र उत्पिडनको अन्त्य गर्छौ । तत्कालै ‘रोटी–बेटी’ चल्ने व्यवस्था लागु गर्छौ भन्थे,’ उनि भन्छन्,‘सुरुमा म पनि उतै लोभिएको थिए । म पनि थुप्रै कम्युनिष्टका कार्यक्रमहरुमा गएको छु ।’ त्यसक्रममा उत्तर कोरिया र चाईनाबाट आउने माक्र्र्सबाद र लेनिनबाद किताब समेत लुकिचोरी पढेको उनी बताउछन् ।
ति किताबहरुको अध्ययन र नेपाली कम्युनिष्ट नेताहरुको तर्क तथा गफहरुबाट जातिय भेदभावको अन्त्य सम्भव नदेखेको उनि बताउछन् । ‘कम्युनिष्टहरुले बोक्ने सिद्धान्त विदेशी थियो । जहाँ मजदूर र मालिक, अमिर र गरिबबिचको संघर्षको भाषा बोल्थ्यो,’ उनि भन्छन्,‘हाम्रो अजेण्डा जातियतासंगको थियो । भेदभावविरुद्धको थियो । त्यो कम्युनिष्टबाट सम्भव हुन्न जस्तो लाग्दै गयो ।’


त्यसपछि उनले कांग्रेसका कार्यकर्ताहरुसंग संगत गर्न थाले । जहाँ वीपी कोईराला, गणेशमान सिँह, सुवर्णसम्शेर, धमानसिँह परियारका जीवनी र कथाहरु सुन्ने–पढ्ने मौका पाए । ‘त्यसक्रममा प्रजातन्त्रमा जनताले नै शासन गर्ने, जनताले आफै शासक चुन्न पाउने । जसमा सबैखाले भेदभावको अन्त्य, सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकार सहितको व्यवस्था हुने कुरा थाहा पाए,’ उनले भने,‘त्यसपछि मैले बुझे लोकतन्त्रमा मात्र जातिय भेदभावबाट उन्मुक्ती सम्भव छ ।’

अनि नेपाली कांग्रेस

लोकतन्त्रमा मात्र जातिय भेदभावको अन्त्य सम्भव देखेपछि उनि कांग्रेसका गतिबिधीमा सक्दो लाग्नथाले । २०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहको निर्वाचनमा बहुदलको पक्षमा लागे । २०४६ सालको संघर्षमा नेपाली काग्रेसका तर्फबाट उनी आन्दोलनमा सहभागि भए । २०४९ सालमा कांग्रेले उनलाई तत्कालिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ को वडाध्यक्षको उम्मेदवार बनायो । अर्को वडाका आएर फर्जी मत दिएर हराए । ३० मतले हारे । एमालेका उम्मेदवारले जिते ।
२०५३ सालमा नेपाली काग्रेस नगरकार्य समिती सदस्य भए । २०५७ सालमा पार्टीको १०औ महाधिवेशनताका पार्टीको वडा सभापती निर्वाचित भएर काम गरे ।
२०५५ सालमा ११ जना राखेर उनले नेपाल दलित संघ डोटीको जिल्ला कार्यसमिति गठन गरे । जसको अध्यक्ष भए । त्यसपछि झण्डै पाँच कार्यकालसम्म अध्यक्ष भएर काम गरे ।
उनी कांग्रेसको १३ औं महाअधिवेशन र १४ औं महाधिवेशन गरि दुईपटक प्रतिनिधि समेत निर्वाचित भएका छन् ।
कांग्रेसले उनलाई पहिलो संविधान सभाको निर्वाचन २०६४ र प्रदेश सभा निर्वाचन २०७४ मा गरि दुईपटक समानुपातिक तर्फको उम्मेदवार बनाएको थियो । यद्यपी उनिले सांसद हुने सौभाग्य पाएका छैनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ सालमा उनलाई जिल्ला वसोवास व्यवस्थापन समिती अध्यक्ष बनाईएको थियो ।

केन्द्रीय सदस्यमा उम्मेदवारी


टेलरले आशन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । दलित समावेशी कोटाबाट उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘पार्टीमा लामो समय संघर्ष गरेको, संगठन निर्माण गरेको म जत्तिको बिरलै नेताहरु छन्,’ उनले भने,‘त्यसैले पार्टीको केन्द्रीय समितिमा बसेर काम गर्ने हक मलाई छ ।’ केन्द्रिय समितिबाट बसेर जातिय भेदभावविरुद्धको अभियान र लोकतन्त्रको सम्बद्र्धनमा सक्दो भूमिका निर्वाह गर्ने चाहना रहेको उनले बताए ।
इतिहास र त्याग, तपस्या र बलिदानको उचित कदरका लागि कुमारसिँह टेलरलाई केन्द्रीय समितिमा निर्वाचित गरिनुपर्ने नेपाल दलित संघ डोटीका अध्यक्ष लालबहादुर बिक बताउछन् ।

झण्डै डेढ दशकदेखी सुदूरपश्चिममा बसेर पत्रकारिता गरिरहेका अरूण बम खोजमूलक पत्रकारितामा विशेष दखल राख्छन् । हाल ईरैवार डटकमका कार्यकारी सम्पादक पनि छन् ।