June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर, कात्तिक २३ (ई-रैवार) 

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय पन्तलाई म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार भैरहेको समयमा खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको पक्राउ गरेको हो।

पक्राउ परेका पन्तलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताएका छन् ।