April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब बराबरको धानबालीमा नोक्सानी

धनगढी, कार्तिक ५ (ई-रैवार)

यसपटकको बर्षाले सुदूरपश्चिम प्रदेशमा किसानले लगाएको झण्डै दुईअर्ब बराबरको धानबालीमा नोक्सानी पुगेको छ । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले प्रदेशभर एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ बराबरको धान बालीमा क्षती पुगेको देखाएको छ ।

कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पु¥याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगेको र १८ हजार हेक्टरमा क्षती पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ को धानबालीमा बढी नोक्सानी पु–याएको छ । तीनवटै प्रदेशमा अनुमानित विवरण अनुसार ६७ हजार ९सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पु¥याएको छ ।

अनुमानित रकमको मूल्यांकन गर्दा ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पु¥याएको मन्त्रालयले जनाएको छ ।