June 26, 2026, Friday
२०८३ असार १२

दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

दार्चुला, साउन ६ (ई–रैवार)

दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र पुलघाटबाट प्रहरीले ९० ग्राम यार्सागुम्बासहित एकजना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाकाबाट भारतीय नागरिक २३ वर्षीय गणेशसिह विष्टलाई ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दका अनुसार महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती गर्ने क्रममा बिष्टलाई यार्सागुम्बासहित पक्राउ गरेको हो ।

बरामद यार्सागुम्बा र विष्टलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । विष्टमाथि अनुसन्धान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।