April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज ६१९ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

धनगढी, जेठ ११ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज ६१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २ हजार २५२ जनाको नमुना परीक्षण गर्दा ६१९ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालयले मंगलबार थपिएका समेत गरेर सुदूरपश्चिम प्रदेशभर कोरोना संक्रमितको संख्या ३६ हजार ७७० पुगेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका गरी ९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १/१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ ।