कलकत्तामा १३ तले भवनमा आगलागी हुँदा ९ को मृत्यु
- Eraibar
- २५ फाल्गुन २०७७, मंगलवार १३:५९
- 5 Shares

एजेन्सी, फागुन २५ (ई-रैवार)
भारतको कलकत्तामा सोमबार साँझ आगलागी भएको छ। भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको हो ।
आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्। मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ। भवनको बाह्रौं तलामा आगलागी भएको थियो। उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो। आगलागीको कारण अझै थाहा नभइसकेको प्रहरीले जनाएको छ।
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
परिणाम नआउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले खर्च नगर्ने
१७ फाल्गुन २०८१, शनिबार १४:०१ -
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ
१७ फाल्गुन २०८१, शनिबार १४:१९ -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२
प्रतिकृया दिनुहोस्