व्यापारीको हत्यामा संलग्न युवती सार्वजनिक, ‘सताउने गरेकाले हत्या योजना’

धनगढी, फागुन २० (ई-रैवार)
व्यापारीको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहीबार पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेको हो । सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफूलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।
उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साथै हत्यापछि फरार रहेका ती दुवै युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले बताए । यही फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शिवचरण रानाको शव फेला परेको थियो।





प्रतिकृया दिनुहोस्