April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा एक पुरुषको मृत्यु

दार्चुला, कार्तिक ४ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट दार्चुलामा एक पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाले चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उपचारका लागि धनगढी गएका पुरुषको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताए । मृतकको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

कोरोनाका कारण मृत्यु भएपछि उहाँको घरपरिवार तथा टोल छिमेक सिलगरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य गर्ने तयारी भइरहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन ।

दार्चुलामा हालसम्म अपि हिमाल गाउँपालिका बाहेक आठ वटा स्थानीय तहका १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा नजोडिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगामा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप फैलिन नदिन भन्दै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।