सुदूरपश्चिम प्रदेशमा १ सय २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३७ पुग्यो

धनगढी, कार्तिक ३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा सोमबार थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा थप १ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर २ र १३ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका १/ १ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का १ जनामा पनि कोरोना पुष्टि भएको छ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका १/ १ जनामा कोरोना संक्रमण भेटिएको बताए ।
यस्तै बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जना, अछामको कमलबजारस्थित प्रयोगशालामा भएको परीक्षणमा ३ जना र डडेल्धुरा अस्पताल गरीएको परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख कार्कीले जानकारी दिए ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ। संक्रमित मध्ये ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ।





प्रतिकृया दिनुहोस्