दार्चुलामा एक जना पक्राउ : १ करोड ५७ लाख ५९ हजार बराबरको अवैध यार्सागुम्बा बरामद

दार्चुला, कार्तिक २ (ई-रैवार)
दार्चुला प्रहरीले एक जनालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित एक जना पक्राउ परेका हुन । ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले शनिबार दिउसो तीन बजेतिर महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रमा झोला बोकि हिडिरहेका ब्यक्तिलाई चेकजाचँ गर्दा १७ किलोग्राम ५१ ग्राम यार्सा बरामद गरि पक्राउ गरिएको जानकारी दिएका छन् ।
सूचना अधिकारी चन्दले पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका वडा नं ३ ठेगाना भएका अन्दाजी बर्ष ३५ का डोकार लामा रहेको बताए । झोला चेकजाचँ गर्दा झोलामा पाँच वटा राता पोकामा यार्सागुम्बा भेटिएको र पक्राउ परेका लामालाई आवस्यक कारवाहीका लागि डिभिजन बन कार्यालय दार्चुला पठाइएको सूचना अधिकारी एबं प्रहरी निरिक्षक चन्दले जानकारी दिएका छन् ।
कोरोना प्रभाव र लकडाउनले गर्दा यस सिजनमा अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा संकलनमा रोक लागएको थियो । रोक लगाइएको भएपनि यस बर्ष यार्सा संकलन भई गाउँघरमा ब्यापार समेत भइरहेकोे छ ।
बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको सूचना अधिकारी एबं प्रहरी निरिक्षक चन्दले बताए ।
लामाको साथमा छुटपुर्जी भन्दा करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध यार्चागुम्बा रहेको बुझिएको र आवस्यक कारवाही भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा यार्सा पाइने पाटनहरु अपीनाम्पा संरक्षण क्षेत्र भित्र रहेका छन् । हिमाली भेगमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा बैशाख देखि साउन सम्म संकलन गरिन्छ ।
प्रतिकृया दिनुहोस्