मानव बेचबिखन मुद्दामा एक युवती कारागार चलान, अन्य २ जना साधारण तारेखमा छुटे

महेन्द्रनगर, असोज ३० (ई-रैवार)
कञ्चनपुरमा एक युवतीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकीे कृष्णपुर नगरपालिका–५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
बिहीबार भएको थुनछेक बहसपछि अदालतले युवतीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए । सोही मुद्दामा संलग्न रहेको भनि पक्राउ परेका मदिरा व्यवसायी राजेन्द्र प्रसाद भट्ट र ठेक्कापट्टा व्यवसाय गर्ने राजेन्द्र गिरी भने साधारण तारेखमा छुटेको उनले जानकारी दिए ।
गत असोज १२ गते दोधाराचाँदनीमा राम्रो टिकटक बनाउने भनेर चोरी बाटो हुँदै १५ वर्षीया किशोरीलाई बेचबिखन गर्न भारत लगिरहेको भन्ने सूचनाका आधारमा माइती नेपाल र प्रहरीको संयुक्त टोलीले २२ वर्षीया गिरीलाई पक्राउ गरेको थियो ।





प्रतिकृया दिनुहोस्