बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

बझाङ, असोज ९ (ई–रैवार)
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टा परिक्षण गरिएका २ सय ६२ नमुनाहरुमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इञ्चार्ज नरेश खड्काले दार्चुला जिल्लाको लेकम गाउँपालिका १ जना, बझाङको खप्तडछान्ना गाउँपालिकाका २ जना, थलारा गाउँपालिकाका ८ जना, मष्टा गाउँपालिकाका १ जना, केदारस्यू गाउँपालिकाका १ जना र जयपृथ्वी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन ।
अन्य २ सय ४० जनाको कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला इञ्चार्ज खड्काले बताएका छन ।
हिजोबाट संचालनमा आएको बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा ७ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले हिजो ७७ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जाकारी दिएका थिए ।






प्रतिकृया दिनुहोस्