गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा, सशस्त्र प्रहरीको भवन शिलान्यास गर्ने
- Eraibar
- २०७७ आश्विन ९, शुक्रबार १६:०२
- 28 Shares

काठमाडौं, असोज ९ (ई–रैवार)
गृहमन्त्री रामबहादुर थापा दार्चुलाकाे छाङरु पुगेका छन् । छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो । छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ ।
सो भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। भवन अत्याधुनिक सुविधासहितको हुने गृह मन्त्रालयले जनाएको छ। यसअघि हिउँदको समयमा हिउँ पर्न थालेपछि त्यसक्षेत्रमा प्रहरी बस्दैनथ्यो। तर भवन निर्माणपछि सधैंभरी प्रहरी बस्ने छ ।
टोलीले तिंकर र कौवाको पनि हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भारतले अक्रिमण गरेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय सुरक्षा फौजहरुको उपस्थिति र अन्य गतिबिधि समेत बढाउँदै लगेपछि नेपालले छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको हो ।
सुरुमा बीओपी राखिएको छाङरुमा हाल गुल्म स्थापना गरिएको छ। गुल्म स्थापनासँगै डीएसपीको कमाण्डमा एक सय ६० जनाको सशस्त्र प्रहरीको टोली बस्न थालेको छ ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्