April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक होटलमा मृत फेला

दार्चुला, असोज ९ (ई–रैवार)

नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (सई) होटलमा मृत  फेला परेका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था सई धु्रब रावल मृत फेला परेका हुन् ।

शुक्रबार बिहान ४ बजे होटलकै शौचालयमा लडेको अवस्था भेटिएका उनलाई जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

सई रावल दार्चुला सदरमुकामकाे मल्लाे बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएका हुन । घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा बाटाेमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टले  घटनाबारे बिस्तृत अनुसन्धान भईरहेको बताएका छन् । सई रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए ।

प्रहरी नायब उपरीक्षक  बिष्टका अनुसार मृतको शरीरमा देखिने घाउचोट नदेखिएको , मुखबाट रगत आएको र होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ ।अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन् ।