सुदूरपश्चिममा ५ हजार ७ सय ८१ जना कोरोना मुक्त, सक्रिय संक्रमीतको संख्या ९ सय ९१ पुग्यो

धनगढी, असोज ८ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार बुधबार थप १४ जना कोरोना संक्रमण मुक्त हुदाँ हालसम्म ५ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण मुक्त भएका हुन ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार नियमित प्रेस ब्रिफिङमा कञ्चनपुरका १२ र बैतडीका २ जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका छन ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ६ सय ८७ जना, डोटीका ९ सय ३४, अछामका ९ सय १२ र कञ्चनपुरका सात सय २४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किएको दावी गरेको छ ।
बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ८८, बैतडीका ३ सय २८, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या सात हजार नजिक पुगेको छ।
सबैभन्दा बढि कैलालीमा २ हजार १ सय २४, डोटीका १ हजार ६७, अछामका १ हजार १६, कञ्चनपुरका ७ सय ७९, बाजुरका ६ सय ३०, बझाङका ५ सय २०, बैतडीका ३ सय ९१, डडेल्धुराका ३ सय ४८ र दार्चुलाका ८९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये सुदूरपश्चिममा १६ जनाको मृत्यु भईसकेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमीतको संख्या सबै भन्दा धेरै कैलालीमा ५ सय १०, डोटीमा १ सय ३०, अछाममा १ सय, बझाङमा ८९, बैतडीमा ६९, कञ्चनपुरमा ६७, दार्चुलामा ३१, डडेलधुरा १६ र भन्दा कम बाजुरामा ९ जना रहेका छन ।
यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमीतको संख्या ९ सय ९१ रहेका छन ।





प्रतिकृया दिनुहोस्