June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’

एजेन्सी, असोज ६  (ई–रैवार)

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् ।

अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हुनुहुन्छ । तपाईंले महिलालाई पहिला देखि नै सशक्त गर्दै आइरहनुभएको थियो र उनीहरुका लागि सुरक्षित स्थान तयार गर्नुभएको छ, त्यो जारी राख्नुहोस् ।

म यसलाई सबैभन्दा पहिले हाम्री छोरीसँग देख्छु । संसारमा अलिकति पनि इमान्दारिता बचेको छैन र संसार बेकारका मानिसहरुले भरिएका छन् । मानिसहरुले घृणा गर्नका लागि आफ्नो जति ऊर्जा खर्च गर्छन् त्यो यदि सृजनात्मक क्रियाकलापमा लगाए संसार एक उत्कृष्ट स्थान हुनेछ ।’