झण्डै २० वर्षअघि रोकिएको बाजुरा–धनगढी हवाई सेवा पुनः सुरु
- Eraibar
- २०७७ भाद्र २७, शनिबार २०:५६
- 20 Shares

बाजुरा, भदौ २७ (ई-रैवार)
बाजुरा हवाई सेवा पुनः सुरु भएको छ । झण्डै २० वर्षअघि रोकिएको हवाई सेवा पुनः सुरु भएको हो ।
नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको बताए ।
२० वर्षअघि बाजुरा धनगढीसँग सीधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अवरुद्ध भएको थियो ।
बाजुरा नेपालगंजसँग हवाई सेवामा जोडिएपनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन। धनगढीसँग हवाई सेवामा जोडिएपछि यहाँका नागरिकलाई प्रदेश राजधानी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्