कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्यु
डडेल्धुरा, असोज ८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। डडेल्धुरा अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि...






