रास्वपाको बैठक जारी, मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको सिफारिस
काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका हुन । बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल भैरहेको बताइएको छ...






