May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

एमालेको सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। गत सोमवार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

त्यस्तै, पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा बैठकले निर्णय गर्ने, नेताहरूको कार्यविभाजनलगायतका विषयमा पनि छलफल हुने छ।

उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।

गत सोमवार एमाले र कांग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ।