सुदूरपहाडकी ‘लेडी ड्राइभर’
अछाम । सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द । रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक...






